०४ असार २०८३, बिहीबार

प्रहरीलाई छक्याउँदै लागूऔषध कारोबारी अदालतबाटै फरार

माघ २४, २०७४
प्रहरीलाई छक्याउँदै लागूऔषध कारोबारी अदालतबाटै फरार

हेटौंडा, २४ माघ — थुनामा राख्न म्याद थपका लागि लगिएका लागूऔषध कारोबारी अदालत परिसरबाटै फरार भएका छन् । जिल्ला अदालतमा म्याद थपपछि जिल्ला प्रहरी कार्यालय लैजाने तयारी गर्दै गर्दा सर्लाहीका दीपेन्द्र शाह हत्कडी फुत्काएर भागेका हुन् । 

सँगै पक्राउ परेका धमेन्द्र पासवान र उनलाई एउटै हत्कडी लगाइएको थियो । म्याद थपपछि दुवै जना शौचालय गएका थिए । प्रहरीको गाडी पछाडि हटाउने क्रममा साह नाडीबाट हत्कडी फुत्काएर भागेको प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्