
काठमाडौं, २५ माघ– राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार मध्यरातमा सबै प्रदेशको मतगणना सकिएको हो । राष्ट्रियसभा सदस्यका कुल ५९ सिटमध्ये ५६ जना निर्वाचित भएका छन् । जसमध्ये १९ जना महिला निर्वाचित भएका छन् ।
प्रदेश नम्बर दुईमा प्रमुख दल बनेका संघीय समाजवादी फोरमबाट एक जना महिला परे पनि राजपा नेपालका तर्फबाट कुनै पनि महिला सदस्य राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छैनन् । प्रदेश नम्बर दुईमा निर्विरोध भएको थियो भने बाँकी प्रदेश १, ३, ४, ५, ६ र ७ मा बुधबार मतदान भएको थियो ।
विजयी महिला उम्मेदवार
प्रदेश १
नैनकला ओझा (एमाले)
सरिता प्रसाईं (कांग्रेस)
बिना पोखरेल (माओवादी केन्द्र)
प्रदेश २
मुक्ताकुमारी यादव (कांग्रेस)
शशिकला दाहाल (माओवादी केन्द्र)
प्रमिलाकुमारी यादव (फाेरम)
प्रदेश ३
दिलकुमारी रावल (एमाले)
धनकुमारी खतिवडा (कांग्रेस)
प्रदेश ४
बिन्दादेवी आले (कांग्रेस)
दीपा गुरुङ (एमाले)
शान्ती कुमारी अधिकारी (एमाले)
खिम कुमारी बिक (माओवादी केन्द्र)
प्रदेश ५
कोमल वली (एमाले)
मीना बुढा ( एमाले)
अनिता देवकोटा (कांग्रेस)
प्रदेश ६
कविता बोगटी ( एमाले)
नन्दा शर्मा ( एमाले)
प्रदेश ७
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)
तारादेवी भट्ट (कांग्रेस)