३० जेठ २०८३, शनिबार

जीपको ठक्करबाट दिदी भेट्न हिडेंकी युवतीको मृत्यु

जीपको ठक्करबाट दिदी भेट्न हिडेंकी युवतीको मृत्यु

भीमदत्तनगर, २५ माघ- पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी–बाणी सडक खण्डको बनहरा पुलमा जिपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ । 

धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको बा १३ च ३९०४ नम्बरको जिपले बनहरा पुलमा पैदल हिडिरहेकी शुक्लाफाँटा नगरपालिका–१ की २० बर्षिया हजारी विकलाई ठक्कर दिदा घटनास्थलमै उनको मृत्यु भएको थियो । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणी भट्टले चालक र जिप प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिनुभयो । युवतीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पुर्याइएको छ । मृतक विक पैदल हिडेर बंकस्थित शिविरमा दिदीलाई भेट्न जाँदै थिइन । 

salt training

कमेन्ट गर्नुहोस्