
काठमाडौंको एयरपोर्ट स्थित कार्गो नजिकै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बिहान ६ बजे बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडि सवार, पिंगलास्थान बस्ने सुनसरी ईटहरीकी रविना ओझाको गम्भिर घाइते भई उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा बिहान ८ बजे मृत्यु भएको छ । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।