
काठमाडौं, २५ माघ- महिला तथा बालबालिका रहेको प्रहरी अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकाअनुसार हराएका मध्ये अधिकांश परिवारको सम्पर्कमा आउन निकै ढिलो हुने गरेको छ ।
यो वर्ष हराएका मध्ये १ बालक र ३ महिला परिवारको सम्पर्कमा आएको तर अन्यको अवस्था थाहा नभएको केन्द्रले जनाएको छ ।
केन्द्रकाअनुसार यसरी हिँडेका बालबालिका इँटाभट्टा र होटेल लगायतका काममा लाग्ने गरेका छन् । अधिकांश युवती विवाहको लागि घर परिवारलाई थाहै नदिई भाग्ने गरेको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए । उनकाअनुसार युवती तथा महिला धारा, पधेरा, घाँस दाउरा गर्न जंगथल जाँदा उतैबाट भाग्ने गरेका छन् बालबालिका विद्यालय,बाट भाग्ने गरेका छन् । उनीहरु त्यसरी सम्पर्क्विहीन हुँदा परिवारलाई भने चिन्ता हुने गरेको छ ।