२० असार २०८३, शनिबार

एभरेस्ट होटेलका सञ्चालक लागुऔषध मुद्दामा पक्राउ

एभरेस्ट होटेलका सञ्चालक लागुऔषध मुद्दामा पक्राउ

काठमाडौं, २५ माघ– काठमाडौंस्थित (हाल बन्द अवस्थामा रहेको) एभरेस्ट होटेलका सञ्चालक मस्कुर अहमद लारी लागु औषध तस्करीकाे मुद्दामा पक्राउ परेका छन् । 

लारी काठमाडौंको महाराजगन्जबाट पक्राउ परेका हुन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय र महानगरीय प्रहरी बृत्त महाराजगन्जबाट खटिएको प्रहरीको टोलीले लारीलाई महाराजगन्जबाट पक्राउ गरेको हो । 

सन् १९९७ मा जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा बरामद भएको २५० किलो चरेश तस्करीमा लारीको संलग्ना रहेको खुलेकाे थियो । प्रहरीले उनलाई २१ वर्षदेखि खोज्दै आएको थियो । 

चरेश बरामद भएलगत्तै प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । तर उनी फरार रहेको भन्दै जिल्ला अदालत काठमाडौंले मुद्दा तामेलीमा राखेको थियो । २०६८ सालमा मुद्दाको पुनः सुनुवाई गर्दै जिल्ला अदालतले उनको नाममा पक्राउ आदेश जारी गरेको थियो । उनी त्यसयता फरार अभियुक्तको सूचीमा थिए । 

salt training

कमेन्ट गर्नुहोस्