
कञ्चनपुर, २५ माघ– पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको झलारी–बाणी सडकखण्डमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका वडा नम्बर २ को बनहरा पुलमा बिहीवार बिहान धनगढीवाट महेन्द्रनगरतर्फ आउँदै गरेको जिपको ठक्करबाट शुक्लाफाँटा नगरपालिका १ की ३० वर्षिया हजारी विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्ररी नायव निरिक्षक मणी भट्टले वताए
बा १३ च ३९०४ नम्बरको जिपको ठक्करवाट विश्कर्माको दुर्घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
महिलालाई ठक्कर दिने जिप र जिपका चालकलाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको छ भने शवलाई परीक्षणका महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।