३१ जेठ २०८३, आइतबार

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए दुई विकेट

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए दुई विकेट

काठमाडौं, २५ माघ– नेपाल र नामिवियाबीचको खेल जारी छ । 

टस जितेर फिल्डिङ रोजेको नेपालले नामिभियाको दुई विकेट लिएको छ । 

नेपालका लागि सोमपालले दुई विकेट लिएका हुन् । 

पहिलो ओभरमा तथा चौथो ओभरमा सोमपालले विकेट लिएका हुन् । ५ ओभारको खेल सकिँदा नामिवियाले २ विकेट गुमाउदै ३९ रन बनाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि निकै नै महत्वपूर्ण प्रतियोगिता आईसीसी विश्व क्रिकेट लिग ‘डिभिजन– टू’ आज (बिहीवार)बाट नामिबियामा शुरु भएको हो । यो प्रतियोगिताका दुई शीर्ष टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् । 

दुई वर्षसम्म चलेको लिग च्याम्पियनसिपमा शीर्ष ४ मा पर्न नसकेपछि ‘डिभिजन  टू’ मा घटुवा भएको नेपालका लागि यो प्रतियोगिताले ‘भाग्य’ निर्धारण गर्नेछ । प्रतियोगिताबाट शीर्ष दुईमा पर्न सके, नेपालले विश्वकप छनौट खेल्न पाउने छ । 

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज (बिहीवार) आयोजक नामिबियासँग खेलिरहेको छ । नेपालले राम्रो शुरूवात गरेको छ । 

  नामिबिया पनि लिग च्याम्पियनसिपबाट घटुवामा परेको टोली हो । 

सन् २०१५ देखि २०१७ सम्म चलेको प्रतियोगितामा नामिबिया अन्तिम र नेपाल सातौं स्थानमा रहँदै घटुवा भएका थिए ।

प्रतियोगितामा नेपाल र नामिबियासँगै घटुवामा परेका केन्या र युएई पनि सहभागी छन् । यस्तै क्यानडा र ओमानले पनि प्रतिस्पर्धा गर्दैछन् । 

यस प्रतियोगिताका शीर्ष दुई टोलीले विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेल्ने अवसर पाउने छन् भने अन्तिम २ टोली ‘डिभिजन थ्री’मा घटुवा हुनेछन् ।

‘डिभिजन टू’को पहिलो खेल : नेपालले 'अन्धकार' चिर्न सक्ला ?

 

salt training

कमेन्ट गर्नुहोस्