
काठमाडौं, २४ माघ — स्पेनमा ११ वर्षीया एक बालिकाले बच्चा जन्माएकी छन् । बालिकाले पेट दुखेको बताएपछि उनका आफन्तले उनलाई अस्पतालमा भर्ना गरेका थिए । त्यहीँ उनले बच्चा जन्माइन् ।
प्रहरी अनुसन्धानबाट बालिकालाई आफ्नै दाइले गर्भवती बनाएको पत्ता लाग्यो ।
सूत्रहरूका अनुसार, आरोपित किशोरमाथि कुनै मुद्दा चलाइने छैन । बालिका गर्भवती हुँदा किशोरको उमेर १३ वर्ष थियो र स्पेनको कानूनअनुसार यति सानो बच्चामाथि फौजदारी मुद्दा लाग्दैन ।
बालिकाले पेट दुख्यो भनेपछि मातापिताले उनको आन्द्रामा समस्या भएको ठानेर अस्पताल लगेका थिए तर कुरा अर्कै रहेछ । बालिकाका पिताले बच्चाको डीएनए टेस्ट गराउँदा बच्चाको पिताको प्रामाणिक पुष्टि भयो ।
एजेन्सी