
काठमाडौं, २४ माघ — आईसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन २ मा नेपालले पहिलो खेल नामिबियासँग खेलिरहेको छ ।
पहिले बलिङ गरेको नेपालले नामिबियालाई ३४.२ ओभरमा १३८ रनमा अलआउट गरायो ।
नामिबियालाई सस्तैमा समेट्नका लागि नेपाली बलर सन्दीप लामिछानेको प्रमुख भूमिका रह्यो । सन्दीपले ८.२ ओभरमा जम्मा १८ रन खर्चेर चार विकेट लिए ।
सन्दीपको यो प्रदर्शनबाट आईपीएलको दिल्ली डेयरडेभिल्स टीम खुशी भएको छ । उसले एक ट्वीट लेखेर सन्दीपको प्रशंसा गरेको छ ।
हालै दिल्ली डेयरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा किनेको थियो ।
Nepal's first game of the ICC World Cricket League Division 2, and @IamSandeep25 produced a brilliant spell to bundle Namibia up for 138.#DilDilli pic.twitter.com/EQhMcV4TFe
— Delhi Daredevils (@DelhiDaredevils) February 8, 2018