०२ असार २०८३, मंगलबार

पोखरामा नमूना रोबोटिक उपकरणहरुको प्रदर्शनी गरिदै

पोखरामा नमूना रोबोटिक उपकरणहरुको प्रदर्शनी गरिदै

काठमाडौं,२५ माघ– ‘नेपाल बन्छ, जब नेपालमै बन्छ’ नामक अभियानका साथ ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’को तेस्रो कार्यक्रम पोखरामा हुने भएको छ । इनोभेटिभ घर नेपाल र युजआर्ट नेपालको संयुक्त आयोजनामामाघ २६ देखि फागुन २ गतेसम्म पोखरा सभागृहमा हुने छ ।


‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’को तेस्रो संस्करणमा पर्यावरणलाई व्यवस्थित र सन्तुलित राख्न निर्माण गरिएको नमूना रोबोटिक उपकरणहरुको प्रदर्शनी हुने जनाइएको छ । कार्यक्रममा नाटक र सांगीतिक प्रस्तुति रहने इनोभेटिभ घर नेपालका अध्यक्ष विक्रान्त कार्कीले जानकारी दिए ।


डिजिटल उत्पादन, इन्टरनेट सम्बन्धी सामग्रीहरु (आईओटी), कृत्रिम बौद्धिकता (एआई) र रोबोटीक कला जस्ता प्राविधिक विकास नेपालमै सम्भव रहेको भन्ने सन्देश दिन नमूना र उदाहरणहरु कार्यक्रममा प्रदर्शनी र कलामार्फत पेश प्रस्तुत गरीने कार्मीको भनाइ छ । यस्तै ताल तलैयाहरु अनावश्यक झारपात र अन्य फोहोरहरुबाट दूषित बन्दै संकटग्रस्त रहेको अवस्थामा निर्माण गरिएको ताल सफा गर्ने ‘रोबोटिक लेक स्वीपर’  को नमूना उपकरण प्रदर्शनी हुनेछ । खोज–अनुसन्धानमूलक अन्य विभिन्न २० भन्दा बढी उपकरणहरुको अवधारणा, प्रदर्शनी तथा परिक्षण ‘मन्त्र’ मा रहनेछन् ।

कार्यक्रमलाई १० हजारभन्दा बढी मानिसहरु अवलोकन, निरीक्षण गर्न आउने अनुमान गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्