२८ जेठ २०८३, बिहीबार

कलाकार राजेन्द्र खड्गी सिआईबीको नियन्त्रणमा, मानव तस्करीको अभियोग

कलाकार राजेन्द्र खड्गी सिआईबीको नियन्त्रणमा, मानव तस्करीको अभियोग

काठमाडौं, २५ माघ– कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मानव तस्करीको अभियोगमा पक्राउ परेका छन् । 

खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीवार पक्राउ गरेको हो । 

पक्राउ लगत्तै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ । अदालतले ५ दिन थुनामा राखि खड्कीमाथि अनुसन्धान गर्न म्याद दिएको छ । 

विभिन्न कार्यक्रमका नाममा नेपाली युवाहरुलाई ठूलो रकम लिएर कोरिया पठाएको आरोपमा सिआईबीले उनीमाथि अनुसन्धान गरिरहेको थियो । 

रकम लिएर नेपालीलाई कोरिया पठाएको र कोरिया गएका युवाहरु स्वदेश नर्फिएको भन्दै सिआईबीले उनीमाथि मानव तस्करीको अभियोगमा अनुसन्धान थालेको हो । 

salt training

कमेन्ट गर्नुहोस्