२३ जेठ २०८३, शनिबार

जाँदाजाँदै १४ करोड बाँड्ने तयारीमा देउवा

माघ २६, २०७४
जाँदाजाँदै १४ करोड बाँड्ने तयारीमा देउवा

काठमाडौँ , २६ माघ — सत्ताबाट बहिर्गमन हुने बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले थप १४ करोड रुपैयाँ आर्थिक सहायता वितरणको तयारी गरेका छन्। सम्भवतस् अब बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता वितरण कार्यविधिको ठाडो उल्लंघन गर्दै राज्यको ढुकुटीबाट आफु, मन्त्रीहरु र प्रभावशाली नेताका पहुँचवाला आफन्त र कार्यकर्तालाई उक्त रकम बाँड्ने निर्णय गर्ने छन् । 

अब बस्ने मन्त्रिपरिषद्का लागि तयार भएको कान्तिपुरलाई प्राप्त सूचीअनुसार सरकारले झन्डै १ हजार ६४ जनालाई ५० हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म वितरण गर्ने प्रस्ताव तयार पारेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १ हजार जनालाई आर्थिक सहायता रकम उपलब्ध गराउनका लागि प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ, कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्