२२ जेठ २०८३, शुक्रबार

‘घरमै बस्छु भन्थिन्, छाउगोठमा चोला त्यागिन्’

माघ २६, २०७४
‘घरमै बस्छु भन्थिन्, छाउगोठमा चोला त्यागिन्’
सन्दर्भ तस्बिर

अछाम, २६ माघ- तुर्माखाद गाउँपालिकाको लकान्द्र गाउँ अझै शोकमै छ । पुस २४ गते राति सामाजिक अभियन्ता गौरी बुढा (२२) को छाउगोठमै मृत्यु भएको थियो ।
कान्तिपुर दैनिक लेख्छ-  पीडाले यहाँका महिला राम्रोसँग तङ्ग्रिनै सकेका छैनन् । गाउँका सभा/सम्मेलनको जहिल्यै अगुवाइ गर्थिन्, गौरी । महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील उनको मृत्युले तुर्माखादका अन्य महिलाले अभिभावक गुमाएको महसुस गरेका छन् ।

‘हरेक सार्वजनिक कार्यक्रममा उनकै नेतृत्वमा गाउँका महिला भेला हुन्थ्यौं,’ साथी कल्पना बुढाले भनिन्, ‘यस्तो अवस्था आउला भनेर कल्पना पनि गरेका थिएनौं ।’ असुरक्षित रूपमा छाउगोठमै बस्ने कुरा गौरीले कहिल्यै आफ्ना साथीलाई सुनाएकी थिइनन् । लकान्द्रको ठूलो बस्तीको खोला किनारमै उनको घर थियो । ‘उनी सामान्य महिला थिइनन्,’ कल्पित विकले भने, ‘छाउ हुँदा घरमै बस्छु भन्थिन् । तर, उनले पनि छाउगोठमै चोला त्यागिन् । उनको लडाइँ समाजसँग थियो । छाउपडी कुप्रथासँग थियो ।’

यहाँ महिला छाउ हुँदा मात्र होइन, सुत्केरी हुँदा पनि गोठमै बस्नुपर्ने बाध्यता रहेको भैरव माविकी शिक्षिका हीरा
खड्काले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्