
काठमाडौं, २६ माघ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै प्रदेशमा खटाइएका कर्मचारीलाई सरुवाको पत्र बुझेको २४ घण्टाभित्र रमाना दिन सबै मन्त्रालयलाई निर्देशन दिएको छ ।
सहसचिवदेखि सामान्य तहका ७ सय ६० कर्मचारी प्रदेशअन्तर्गत सरुवा गरिए पनि आधाभन्दा बढीले जान आलटाल गरेकाले यस्तो निर्देशन दिइएको हो ।
सामान्य प्रशासन मन्त्रालयले तत्काललाई सबै प्रदेशका सरकारी काम सुचारु हुने गरी कर्मचारी सरुवा गरेको थियो । एकसाता बित्दासमेत कर्मचारी सम्बन्धित कार्यक्षेत्रमा पुगेका थिएनन्, कान्तिपुरमा खबर छ ।