०४ साउन २०८३, सोमबार

मर्यादापालकलाई दौरा सुरुवाल लगाउन रोक लगाइएकोमा भण्डारीको गम्भीर आपत्ति

मर्यादापालकलाई दौरा सुरुवाल लगाउन रोक लगाइएकोमा भण्डारीको गम्भीर आपत्ति

दमौली २६ माघ– प्रदेश नं २ का मर्यादा पालकलाई दौरा सुरुवाल लगाउन रोक लगाइएकोमा काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले गम्भीर आपत्ति जनाएका छन् ।

प्रदेश नं २ का मर्यादा पालकलाई दौरा सुरुवाल लगाउन रोक लगाइए जस्तै प्रदेश नं २ बाट निर्वाचित जनप्रतिनिधीलाई प्रतिनिधी सभा र राष्ट्रिय सभामा धोती लगाउन रोक लगाइए त्यसको परिणाम के होला पूर्वमन्त्री समेत रहेका भण्डारीले भने । पूर्वमन्त्री भण्डारीले सो कुरा संघीय संरचना पछिको दोस्रो व्यास नगर सभाको उद्घाटनका क्रममा आज दमौलीमा आयोजित कार्यक्रममा बताएका हुन् ।

संघीय संरचना पछि सिहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा जाँदै गर्दा त्यहा निर्वाचित जनप्रतिनिधीहरुले राष्ट्रियतामा धावा बोल्ने हिसाबले कुनै पनि विवादस्पद निर्णय गर्न नहुने समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो । लामो समय राजनीतिक व्यवस्थापनमा खर्च गर्नुपरेका कारण विकासमा ध्यान पुग्न नसकेको हुँदा अब भने विकासमा ध्यान दिनुपर्ने पूर्वमन्त्री भण्डारीको भनाई रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्