२१ जेठ २०८३, बिहीबार

अमेरिकामा शटडाउन सकियो, संसद्ले बजेट डील पारित ग–यो

अमेरिकामा शटडाउन सकियो, संसद्ले बजेट डील पारित ग–यो

काठमाडौं, २६ माघ — अमेरिकामा संसद्ले शुक्रवार बिहानै बजेट डीललाई अन्तिम स्वीकृति दिएपछि संघीय सरकार फेरि खुलेको छ । सिनेटर –यान्ड पलले सिनेटमा मतदान रोकेर सरकारको कामकाज ठप्प पार्न बाध्य बनाएको केही घन्टापछि शटडाउन अन्त्य भएको हो ।

अब सयौं अर्बौं डलर खर्च गर्न सरकारलाई बाटो खुलेको छ । 

शुक्रवार कार्यालय समय शुरू हुनुअघि हाउसको स्वीकृति आएपछि सरकार खुल्ने भएको हो । सरकारी कामकाज बन्द भएको अनुभूति सामान्य अमेरिकीहरूले गर्न परेन ।

यो तथा अर्को आर्थिक वर्षमा सरकारलाई ३०० अर्ब डलरको थप पैसा खर्च गर्न दिने सम्झौता भएको हो । सैन्य तथा गैरसैन्य कार्यक्रम, गत वर्षका तूफान र डढेलोबाट पीडित भएका मानिसका लागि राहतमा पैसा खर्च हुनेछ । 

तर रिपब्लिकन सिनेटर पलले आफ्नो कुरा राख्ने मौका चाहिँ पाए । सम्झौतास्वरूप सरकारले विशाल खर्च गर्न लागेकोमा रिसाएका पलले विधेयक पारित गर्नमा घन्टौं विलम्ब गरे । उनले खर्चको निश्चित सीमा तोक्नुपर्ने भनी गरिएको
संशोधनमा मत दिनका लागि माग राखेका थिए । 

लगभग ६ घन्टा लामो शटडाउन अन्त्य भएको छ । गत महीना सिनेटका डेमोक्रेट सांसदहरूले तीन दिन सरकारी कामकाज ठप्प पारेका थिए । 

बिहीवार मध्यरातमा बजेट पारित गर्ने समयसीमा सकिन लाग्दा पल डेग चलेनन् अनि सिनेट बैठकमा अनियन्त्रित सरकारी खर्चको गुनासो गरिरहे । उनलाई अन्य सिनेटरले अघि बढौं भन्दा पनि मानेनन् । तर पछि उनले माने ।

द न्युयोर्क टाइम्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्