२१ जेठ २०८३, बिहीबार

एमालेले छान्यो प्रदेश ३ का ‘सभामुख’, को हुन् सानुकुमार श्रेष्ठ ?

एमालेले छान्यो प्रदेश ३ का ‘सभामुख’, को हुन् सानुकुमार श्रेष्ठ ?

काठमाडौँ, २६ माघ–नेकपा एमालेका तर्फबाट प्रदेश नं ३ को प्रदेशसभाका सभामुखमा सानुकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । 

एमाले र नेकपा माओवादी केन्द्रबीचको सहमतिअनुसार सभामुखमा एमाले र उपसभामुखमा केन्द्रले उम्मेदवारी दिनेछन् । कूल ११० सदस्य रहेको सो प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८ सदस्य) छ । 

प्रदेशको अस्थायी मुकाम हेटौँडामा शनिबार ३ः०० बजे बस्ने प्रदेशसभाको दोस्रो बैठकमा सभामुखको निर्वाचनको कार्यसूची तय गरिएको छ । एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य श्रेष्ठले आफूलाई पार्टी नेतृत्वले सभामुखमा उम्मेदवारी दिन निर्देशन दिएको जानकारी दिए । केन्द्रबाट उपसभामुखमा राधिका तामाङ उम्मेदवार हुने तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्