०४ असार २०८३, बिहीबार

समानुपातिकमा पुरुषलाई राहत

माघ २७, २०७४
समानुपातिकमा पुरुषलाई राहत

काठमाडौं, २७ माघ - राष्ट्रियसभा निर्वाचनमा धेरै महिला निर्वाचित भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ उनीहरूको संख्या केही घटेको छ। एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दुई र राष्ट्रियसभामा ११ गरी १३ महिला निर्वाचित भएका छन्। कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला निर्वाचित नभए पनि राष्ट्रियसभामा ६ जना छानिएका छन्। माओवादीबाट भने प्रतिनिधिसभा र राष्ट्रियसभामा तीन–तीन महिला निर्वाचित भएका छन्।

नेपालको संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सिटमध्ये ३७ जना महिला पठाउनुपर्ने छ भने चार जना मात्रै पुरुष पर्नेछन्। जसमा खस आर्यबाट मुकुन्द न्यौपाने, पिछडिएको क्षेत्रबाट मोहन बानियाँ, जनजातितर्फ विजय सुब्बा र मधेसीतर्फ मोतीलाल दुगड पर्ने निश्चित भएको छ।

१७ सिट पाएको माओवादीले जम्मा एउटा सिटमा एक जना मात्रै पुरुष छनोट गर्नेछ। माओवादीले पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंहलाई छनोट गर्ने भएको छ। पिछडिएको क्षेत्रबाट चार दशमलव तीन प्रतिशत कोटा पुर्‍याउनुपर्ने कारण पनि माओावादीबाट शाहीले अवसर पाएका हुन्।

कांग्रेसले पाएको ४० सिटमा भने पुरुष प्रतिनिधित्व आधा हुनेछ। पुरुषको सिटमा क–कसलाई राख्ने टुंगो छिट्टै कार्यसमिति बैठक बसेर निर्णय गर्ने नेता मिनेन्द्र रिजालले बताए। राजपाले ६ जना र संघीय फोरमले ५ जना महिलाको प्रतिनिधित्व गराउनुपर्नेछ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्