१३ असार २०८३, शनिबार

थरीथरीका बाबासँगै व्यवस्थापनको चटारो

माघ २७, २०७४
थरीथरीका बाबासँगै व्यवस्थापनको चटारो
सन्दर्भ तस्वीर

काठमाडौं, २७ माघ– महाशिवरात्रि पर्वलाई भरिभराउ बनाउन पशुपति क्षेत्रमा थरीथरी बाबाको आगमनसँगै तयारी पनि तीव्र रूपमा अगाडि बढेको छ । व्यवस्थापन पक्षलाई प्रभावकारी बनाउन सरोकार निकाय क्रियाशील छन् भने व्यवस्थापनको चटारो पनि बढ्न थालेको छ । 

महाशिवरात्रि पर्वका लागि गुठी संस्थानले ३१ लाख रुपियाँ विनियोजन गरेको छ । विजया एकादशीका दिन साँझदेखि नागालाई र द्वादशीदेखि अन्य सम्प्रदायका साधुलाई दिइने भोजन तथा दक्षिणासहितको बिदाइ खर्च यसैमा छ । गुठी संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेका अनुसार साविक परम्पराअनुसार नागालाई पेडा तथा अन्यलाई खिचडी भोजनको व्यवस्था गरिएको छ । 

कालमोचनघाटतर्फका साधुका लागि यसैबाट पाँच लाख रुपियाँ विनियोजन गरिएको छ । तीन हजारदेखि यसमा थप अन्य पाँच सय साधुका लागि यति खर्च तोकिएको भए पनि साधु योभन्दा बढेमा खर्च पुनः थप हुने पाण्डे बताउनुहुन्छ । पशुपति क्षेत्र विकास कोषले यसै पर्वका लागि ५२ लाख रुपियाँ छुट्याएको छ । 

आएका साधुलाई भोजन, साजसज्जा, अस्थायी निर्माण तथा बन्दोवस्तीको काम पनि यसै खर्चमा हुनेछ । पशुपति क्षेत्रका सबै मठ र जोगी अखडामा कोषले साधुसन्तको सेवामा भोजन चलाइसकेको छ र आएका साधुबाहेक अन्य सर्वसाधारणका लागि पनि श्रीनाथम् अखडाले भोजनको व्यवस्था गरिरहेको छ । 

गुठी संस्थान र कोषले संयुक्त रूपमा अखडामा अनुगमन गरिरहेको छ । उत्कृष्ट साधुका रूपमा यो पटक श्मसानघाटमा साधना गर्नुहुने डा. त्यागीनाथ अघोरीको आगमन भएको छ । उहाँ आर्यघाटस्थित श्मसानमा रहनुभएको छ । कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार उत्कृष्ठ साधु अखडातिरै ध्यानमग्न रहनुहुने भएकाले सामान्यतः पहिचान गर्न निकै कठिन पर्छ । 

ठूला साधुको डँडाल्नु चढेर उफ्रने ओर्लने नाबालक बच्चे बाबा पनि यहाँ आकर्षणका रूपमा रहनुभएको छ । वास्तविक रूपमा उत्कृष्ठ साधुको पहिचान महाशिवरात्रिका दिन मात्र खुल्ने कार्यकारी निर्देशक रमेश उप्रेती बताउनुहुन्छ । 
महाशिवरात्रिमा पशुपतिनाथबाहेक विभिन्न कालखण्डमा प्रायश्चित गरी स्थापना गरिएका सबै शिवालयमा उत्तिकै अर्चना हुन सकोस् भन्ने व्यवस्था भएको पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मी बताउनुहुन्छ । 

जीतजङ्गप्रकाशेश्वरमा श्रीराम लामिछानेको अगुवाइमा दाताको सहयोगमा भण्डारा चलाइएको छ । निःशुल्क भोजनको ठाउँठाउँमा भइरहेको व्यवस्थाले यस क्षेत्रमा खानपान गर्ने बेरोजगारको पनि भीडभाड रहन गएको छ , गाेरखापत्रमा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्