
जम्मू, २७ माघ– भारत प्रशासित जम्मूको पठानकोट मार्गमा रहेको भारतीय सेनाको सुजुवान क्याम्पमा भएको आक्रमणमा परी दुई भारतीय सैनिक मारिएका छन् । आक्रमणमा ६ जना सैनिक घाइते भएका छन् ।
हतियारधारीको समूहले शनिवार विहानै सैनिक क्याम्पमा आक्रमण गरेका थिए । आक्रमणमा परी मृत्यु हुनेमा सुवेदार मदन लाल र एम असरफ मिर छन् । घाइते हुनेमा एकजना कर्नेल तहका सैनिक, हवल्दार अब्दुल हामिद, लेस नायक बहादुर सिंह र सुवेदार चौधरीकी छोरी छन् ।
जैस ए महोम्मद नामका सशस्त्र समूहले आक्रमण गरेको जनाइएको छ । सैनिक क्याम्पसको पछाडिबाट आएका आक्रमणकारीहरुले सैनिक अधिकारीको क्वार्टरमा गोलावारी गरेका थिए ।
आक्रमणपछि जम्मूमा सेनाको संख्या बढाइएको छ । आतंकवादीहरुको खोजी शुरु भएको प्रशासनले जनाएको छ ।