
काठमाडौं, २७ माघ– सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादव चढेको गाडी शनिवार विहान धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खस्दा भएको दुर्घटनामा बेपत्ता भएकी युवतीको शव फेला परेको छ । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाका अनुसार १६ वर्षीया युवती उन्नति गुप्ताको शव फेला परेको हो ।
किशोरीको शव जिप भित्रबाट निकालिएको हो । यसअघि सिँचाइ सचिव यादवको शव फेला परेको थियो । कपिलबस्तुमा छोरीको बिहेको टुंगो लगाएर राजधानी फर्किने क्रममा सचिव यादव आफैंले चलाएको गाडी त्रिशुलीमा खसेको थियो ।
गाडीमा रहेका सचिव यादवका २२ वर्षीय छोरा सन्तोष अझै हराइरहेका छन् ।