२० असार २०८३, शनिबार

रसुवामा आगलागीबाट तीन बालिकाको मृत्यु

रसुवामा आगलागीबाट तीन बालिकाको मृत्यु

रसुवा, २७ माघ - दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–५ मा आज स्थानीय वीरबहादुर मोक्तानको घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ । 

स्थानीय धनबहादुर मोक्तानको घरमा आज दिउँसो आगलागी हुँदा उनकी छ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानका सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया मंगली मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ । 

घरमा ती बालिका मात्र भएका बेला आगलागी भएको र उनीहरुको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट घरमा भएका सरसामान समेत जलेर नष्ट हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्