
काठमाडौं, २८ माघ– नाइजेरियाको विद्रोही समूह बोको हरामले कब्जामा लिएका १३ जना नागरिकलाई मुक्त गरेको छ । कब्जा मुक्त हुनेमा १० जना महिला छन् ।
रेडक्रसको पहलमा उनीहरु रिहा भएको नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले जानकारी दिए । रिहा गरिएकालाई हेलिकप्टरबाट उद्दार गरी मैदुगुरी पुर्याइएको छ ।
गत बर्ष नाईजेरियाको मैदुगुरीमा तेल अन्वेषणमा रहेका उनीहरुलाई बोको हरामले कब्जामा लिएको थियो । उनीहरुलाई कब्जामुक्त गर्न बोको हरामले के कस्ता शर्त राखे भन्ने खुलाईएको छैन ।