०४ असार २०८३, बिहीबार

इङ्गलिस प्रिमियर लिगमा म्यानचेस्टर र टोटनह्याम विजयी

इङ्गलिस प्रिमियर लिगमा म्यानचेस्टर र टोटनह्याम विजयी

काठमाडौं, २८ माघ– इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेष्टर सिटीलाई र टोटनह्याम हट्सपरले आर्सनललाई पराजित गरेका हुन् ।

आर्सनललाई टोटनह्याम हट्सपरले १–० ले हरायो । टोटनह्यामको मैदान वेम्बलेमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन ह्यारी केनले ४९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

गएराती भएको अर्को खेलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले लेष्टर सिटीलाई ५–१ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जीयो अगुएरोले ४ गोल गरेभने राहिम स्टर्लीङले एक गोल थपे । लेष्टर सिटीका जेमी भार्डीले एक गोल फर्काए ।

प्रिमियर लिग फुटबलकै अन्य खेलहरुमा एभर्टनले क्रिष्टल प्यालेसलाई ३–१ ले हराँउदा वेष्ट ह्याम युनाईटेडले वाट्फोर्डलाई २–० ले तथा स्वान्सी सिटीले बर्न्लेलाई १–० ले हराए । स्टोक सिटी र ब्राईटनले भने १–१ गोलको बराबरी खेलेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्