२९ जेठ २०८३, शुक्रबार

आउने एक हप्तामा केपी ओली सत्तामा !

आउने एक हप्तामा केपी ओली सत्तामा !

काठमाडौं, २८ माघ-प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारीसँगै नयाँ सरकार गठनको गृहकार्य शुरु भएको छ । निर्वाचन आयोगले ढिलोमा फागुन ५ गते भित्रमा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।

शुक्रवार नै आयोगले समानुपातिकतर्फ दलहरुले पाएको सीट संख्या बाँडफाँट गरी ३ दिनभित्र सूची बुझाउन राजनीतिक दलहरुलाई पत्राचार गरेको छ । सोमवार दलहरुले सूची बुझाएपछि समावेशी नभएमा पुनः दुई दिनको समय राखेर सच्याउने अवसर दिइने छ ।

निर्वाचनको अन्तिम नतिजा राष्ट्रपतिलाई छिटो बुझाउन भन्दै आयोगले प्रतिनिधिसभा निर्वाचन निर्देशिका संशोधन गरेर ५ दिनमा छोट्याएको थियो । यसअघि दलहरुलाई शुरुमा ७ दिन र सच्चाउन ३ दिनको समय दिने व्यवस्था थियो ।

‘छिटोमा फागुन ३ र ढिलोमा फागुन ५ गते राष्ट्रपतिलाई सम्पूर्ण नतिजा बुझाउने तयारी छ,’ आयोग स्रोतले भन्यो । प्रतिनिधि सभातर्फको सम्पूर्ण तजिता फागुन ५ मा बुझाएमा सोही दिन वा फागुन ६ गते नेकपा एमाले र माओवादीको संसदीय दलको बैठक बसेर नेता तयन गर्ने दलहरुको तयारी छ ।

प्रतिनिधिसभामा बहुमतप्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । नेकपा एमालेसंग एक्लै बहुमत नभए पनि माओवादी केन्द्रका सांसदले समेत प्रधामनन्त्रीमा समर्थन रहेको पत्र बुझापछि राष्ट्रपतिलाई नयाँ प्रधामनन्त्री नियुक्तिको बाटो खुल्नेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै फागुन ६ गतेसम्म नयाँ सरकार बन्ने बताएका थिए । फागुन ६ मै सरकार नबने पनि ढिलोमा फागुन ८ सम्ममा मुलुकले नयाँ प्रधामनन्त्री पाउने सम्भावना छ ।

प्रतिनिधि सभाको सम्पूर्ण नतिजा सार्वजनिक गरेलगत्तै प्रधामनन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेका छन् । देउवा फागुन ७ गते प्रजातन्त्र दिवस मनाएर सरकार छाड्ने मनस्थितिमा रहेको सरकारका मन्त्रीहरुले नै बताएका छन् ।

कस्तो छ सरकार गठनको प्रक्रिया ?

संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमतप्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ ।

प्रतिनिधिसभामा कुनै दलले बहुमत ल्याउन नसकेमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

संविधानका जानकार नेकपा एमालेका नेता सुवास नेम्वाङका अनुसार निर्वाचन आयोगले सम्पूर्ण नतिाजा सार्वजनिक गर्नासाथ राष्ट्रपतिले नयाँ प्रधामनन्त्री नियुक्त गर्नेछिन् ।

‘निर्वाचन आयोगले प्रतिवेदन बुझाएपछि राष्ट्रपतिलाई थाहा हुन्छ, संसदमा कुन–कुन दलको के हैसियत के छ भनेर, त्यसपछि प्रधानमन्त्री नियुक्ति गर्न कुनै बाधा हुँदैन,’ नेम्वाङले लोकान्तरसँग भने, ‘निर्वाचन आयोगले प्रतिवेदन बुझाएको एकदुई दिनमै नयाँ सरकार बन्छ ।’

नयाँ सरकारको नेतृत्वका लागि एमाले अध्यक्ष केपी ओली निर्विकल्प उम्मेदवार हुन् । नेकपा एमालेसँग स्पष्ट बहुमत नभए पनि माओवादी केन्द्रले आफ्ना सांसदहरुको समेत हस्ताक्षर बुझायो भने राष्ट्रपतिले एमाले संसदीय दलका नेता केपी ओलीलाई प्रधामनन्त्री नियुक्त गर्नेछिन् ।

स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसमेत ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै आएका छन् ।

त्यसअगावै एमाले र माओवादीले संसदीय दलको नेता चान्नु पर्नेछ । माओवादीको समर्थनमा २०७२ साल असोज २४ गते मुलुकको ३८ औ प्रधामनन्त्री बनेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्