
काठमाडौं, २८ माघ– एक रसियन विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका ६ सदस्यसहित ७१ जनाको मृत्यु भएको छ ।
आइतबार मस्को विमानस्थलबाट युरल्सका लागि उडेको साराटोभ एयरलाइन्सको विमान मस्कोको दक्षिणपूर्वी भेगमा दुर्घटनाग्रस्त भएको रसियाली सरकारी समाचार एजेन्सीलाई उदृत गर्दै सीएनएनले जनाइएको छ ।
एन्टोनोभो–१४८ कल साइनको उक्त विमान मस्कोस्थित विमानस्थलबाट उडेको केहि मिनेटमै राडार सम्पर्कबाट विच्छेद भएको थियो ।