०३ असार २०८३, बुधबार

जिप दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

जिप दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

म्याग्दी, २८ माघ - बेनी–जोमसोम सडकखण्डअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला परेपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । उनलाई दुर्घटनास्थलदेखि करिब एक किलोमिटर तल राहुपारे नजिकैको झोलुङ्गे पुल छेउको कालीगण्डकी किनारमा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो । 

ग १ ज ५७६० नं को बोलेरो सडकबाट करिब १०० मिटर तल कालिगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको हो । पोखरादेखि बेग जाँदै गरेको सो जिपमा चालकसहित पाँच जना सवार रहेका थिए । रासस 

salt training

कमेन्ट गर्नुहोस्