३१ जेठ २०८३, आइतबार

पार्टी एकताबारे एमाले बैठकमा केपी ओलीको ब्रिफिङ

माघ २९, २०७४
पार्टी एकताबारे एमाले बैठकमा केपी ओलीको ब्रिफिङ

काठमाडौं, २९ माघ  एमालेले सरकार गठनलगत्तै माओवादी केन्द्रसँग पार्टी एकता टुंगिने जनाएको छ। स्थायी समितिको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निकै सकारात्मक छलफल भइरहेको र केही दिनभित्रै त्यसले आकार लिने बताएका थिए। दाहाल र ओलीबीच सोमबार छलफल हुने तयारी छ।

‘फागुनभित्र पार्टी एकता टुंगिन्छ’, स्थायी समितिको बैठकपछि सचिव प्रदीप ज्ञवालीले भने, ‘नेताहरूको अधिकतम व्यवस्थापन कसरी गर्ने भन्नेमा गृहकार्य भइरहेको छ। सरकार गठन अघि एकताको राजनीतिक खाका बन्छ।’

फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ। पार्टीसचिव ज्ञवाली पनि माओवादी अध्यक्ष दाहालसँग सकारात्मक तवरले छलफल अघि बढेकाले राजनीतिक खाकामा सहमति जुट्ने विश्वास व्यक्त गर्छन्,  अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्