०९ असार २०८३, मंगलबार

चर्को भोकमा के गर्ने ?

माघ २९, २०७४
चर्को भोकमा के गर्ने ?

काठमाडौं, २९ माघ– कहिलेकाहीँ मानिस विविध कारणवश लामो समय भोक खपेर बस्ने गर्छन् । यस्तो गर्नु स्वास्थ्यका लागि हानिकारक हो । यसो गर्दा चक्कर लाग्ने खतरासमेत हुन्छ । 

त्यसपछि खानेवेला फेरि अर्को गल्ती गर्न पनि सक्छन्,  टन्न खाएर । तर, लामो समयदेखिको चर्को भोकमा पेट भर्दा निकै विचार पुर्याउनुपर्ने हुन्छ । 

-लामो समयसम्म पेट खाली राखेर खाँदा कडा खाना प्रयोग गर्नु हुँदैन । अझै एकैपटक पेटभरि खानु त अझ बढी हानिकारक मानिन्छ । घन्टौंसम्म भोक खेपेर बस्ने र चर्को भोकमा कडा खाना खाने गर्दा शरीरले पचाउन सक्दैन । 
चर्को भोक भएको समयमा शक्तिवद्र्धक नरम प्रकृतिका खाना प्रयोग गर्नु उत्तम हुन्छ, जस्तै– रसयुक्त फलफूल । यस्तो वेला पानीको मात्रा बढी हुने सिजनेबल फलफूल सेवन गर्दा रक्तसञ्चारलाई सकारात्मक प्रभाव पार्छ  र तागत पनि भरिन्छ । 

-चर्को भोकाएको अवस्थामा सीधै टन्न पानी पिउने काम पनि नगुर्नहोस् । चर्को भोकमा पानी पिउँदा पेट भरिएको अनुभूति त हुन्छ तर शरीरले आवश्यक शक्ति प्राप्त गर्न सक्दैन । सीधै पानी पिएर तत्काल ठोस पदार्थ खाँदा ग्यास्ट्रिकको समस्यासमेत निम्तिन सक्छ ।
त्यसैले यस्तो समयमा पानीको मात्रा पनि प्राप्त हुने नरम ठोस पदार्थमै जोड गर्दा राम्रो हुन्छ । बरु सलादको प्रयोग गर्दा फलदायी हुन्छ । 


-चर्को भोकमा स्वाभावैले मानिसलाई एकैपटक धेरै खानेकुरा खान मन लाग्छ । तर, यस्तो गर्नु गल्ती हुन्छ । यसो गर्दा मानिस वेहोस भएर ढल्न पनि सक्छ । 

-चर्को भोक लाग्नु भनेको पेट खाली हुनु हो । लामो समयसम्म खाली भएको पेटमा चिल्लो र गुलियो खाँदा पनि असर पर्छ । यस्तो अवस्थामा तत्काल चिया पउिनु पनि ठिक होइन । पिरो मसलेदार खानाले झनै असर पुर्याउँछ । 

नयाँ पत्रिकाबाट
 

salt training

कमेन्ट गर्नुहोस्