
काठमाडौं, २९ माघ– संघीय समाजवादी फोरम, नेपालले प्रतिनिधिसभा समानुपातिकमा पार्टीले पाएका छ जना सांसदको नाम टुंग्याएको छ । फोरमले पार्टीको तर्फबा ५ महिला र १ पुरुषलाई सांसद बनाउन लागेको हो ।
फोरमले राजेन्द्र श्रेष्ठ, सरिता गिरी, रेणुका गुरुङ, रेणु यादव, कलुदेवी बिक, रुही राजलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो । श्रेष्ठ आदिवासी पुरुष कोटामा सिफारिस भएका हुन् भने अरु महिला कोटामा सिफारिस भएका हुन्।
आइतबारराति गरिएको निर्णयअनुसार फोरमले नामावली निर्वाचन आयोगमा बुझाउन लागेका छ ।