१४ असार २०८३, आइतबार

भारतका सेनाप्रमुख रावत किन आउँदैछन् नेपाल ?

भारतका सेनाप्रमुख रावत किन आउँदैछन् नेपाल ?

काठमाडौं, २९ माघ — भारतका सेनाप्रमुख जनरल बिपिन रावत फागुन १ गते नेपालको सेना दिवसका उपलक्ष्यमा तीनदिवसीय यात्राका नेपाल आउँदैछन् । नेपाली सेनाले महाशिवरात्रिको दिन सेना दिवस मनाउने गरेको छ ।

नेपाल राज्य एकीकरणको २५० वर्ष पूरा भएको उपलक्ष्यमा सेनाले मंगलवार कार्यक्रम गर्दैछ । सेनाप्रमुख राजेन्द्र क्षत्रीको निमन्त्रणमा भारतीय सेनाप्रमुख रावत नेपाल आउन लागेका हुन् । 

नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पनि पूरा भएको छ । 

नेपाली सेनाले आयोजना गर्ने एक समारोहमा रावत विशेष अतिथि हुनेछन् । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले बाईसे चौबीसे राज्यहरूलाई जितेर बृहत् नेपाल एकीकरण गरेको २५० वर्ष पुगेको छ र यस अवसरमा सेनाले विशेष कार्यक्रम गर्दैछ । 

सेनाले जारी गरेको बयानमा भनिएको छ, ‘लामो समयदेखि नेपाली सेना र भारतीय सेनाका बीच निकट तथा सौहार्द्रपूर्ण सम्बन्ध छ र विशेष अवसरमा नेपाली तथा भारतीय सेनाप्रमुखहरूलाई एकअर्काको देशमा आमन्त्रित गर्ने परम्परा चलिआएको छ ।’

नवभारत टाइम्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्