
सुर्खेत, २९ माघ -प्रदेश नम्बर ६ को सभामुखमा राजबहादुर शाही निर्विरोध चयन भएका छन् । प्रदेश सभाको दोश्रो पुर्ण बैठकले दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित शाहीलाई निर्वाचित भएको घोषणा गरेको हो ।
सभामुखमा चयन गरियोस भन्ने प्रस्तावको प्रस्तावक रहेका एमाले नेता प्रकाश ज्वालाले प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सभामुखको विपक्षमा उम्मेदवारी नदिएर उच्चतम लोकतान्त्रिक संस्कार प्रर्दशन गरेको बताए । उनले ६ नम्बर प्रदेशमा सबै मिलेर मात्रै समृद्धि ल्याउन सकिन्छ भन्ने उदाहरणको रुपमा सभामुख चयनको निर्वाचन प्रक्रियाले देखाउको बताए ।
नवनिर्वाचित सभामुखले कानून निर्माण गर्ने, विकास निर्माणका लागि मार्गदर्शन गर्ने र सरकारले ल्याएका नीति तथा कार्यक्रम अघि बढाउन उल्लेखनीय योगदान दिने अपेक्षा गरे ।
प्रकाश ज्वाला प्रस्तावक रहेको प्रस्तावमा भावी मुख्यमन्त्री तथा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सर्मथन गरेका थिए । उनले सभामुख चयनसँगैं देश नयाँ दिशामा गउको बताए । ‘मुलुकले हामीबाट धेरै अपेक्षा गरेको छ, जनताका चाहना बढेका छन् ।’ उनले भने, ‘ती चाहना र मुलुकको अपेक्षा पुरा गर्न प्रदेशसभा सभामुख राजबहादुर शाहीको नेतृत्वमा सफल हुने विश्वास छ ।’
उनले प्रदेश नम्बर ६ अहिललेलाई आफ्नै खुट्टामा उभिन नसक्ने बताए । ‘देशै अनुदानको भरमा चलेको छ । प्रदेश नम्बर ६ मा आन्तरिक स्रोत केहि पनि छेनन् ।’ उनले भने, ‘अहिले हामीले अरुकै मुख ताकेर बस्नुपर्ने अवस्था छ ।’ तर आगामी दिनमा यो प्रदेशको रुपान्तरण आफूहरुले गर्न सक्ने र त्यसकालागि सबेको सहकार्य, सहयोग आवश्यक पर्ने उनको भनाई थियो ।
प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते शनिबार दिउसो १ बजे बस्ने भएको छ ।