
काठमाडौं, २९ माघ — थाइल्यान्डको सुफाबुरीमा एक बौद्ध साधुले गरेको लाजमर्दो काम सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साधुले घरबाहिर महिलाहरूले सुकाएर भित्रीवस्त्र चोरेको भिडियो भाइरल भएको हो ।
भिक्षुको काम सीसीटीभीमा कैद भएको थियो । प्रहरीले भिक्षुको खोजी गरिरहेको छ ।
साधु आफ्नो मठमा फेला परेनन् । सञ्चारमाध्यमले जनाएअनुसार, ४९ वर्षीय भिक्षु थीराफाफ वोराडिलोकमाथि महिलाहरूको भित्रीवस्त्र चोरेको आरोप छ ।
किट्टीसेक खाजोन्नेर्तिखुनले आफ्नी पत्नी र छोरीको भित्री वस्त्र चोरी भएको रिपोर्ट प्रहरीमा दर्ता गराएको थियो । आरोपितको मठमा गएर प्रहरीले सोधपुछ गर्दा मठका मानिसले ती साधुले केही दिनदेखि औषधि नखाएको त्यसैले उनको
मानसिक स्वास्थ्य शायद राम्रो नरहेको अनि उनले यो गतिविधि गरेको बताए ।
एजेन्सी