
काठमाडौं,२९ माघ – महाशिवरात्रिको अवसरमा काठमाडौंको टोखा धापासरीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पशुपतिनाथ मन्दिर परिसरमा इमरजेन्सी हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । अस्पतालले मंगलबार पशुपतिनाथको दर्शनका लागि देश, बिदेशबाट आउने दर्शनार्थीहरुलाई आकस्मिक उपचार सेवा दिन इमर्जेन्सी हेल्थ डेस्क सञ्चालन गर्न लागेको जनाएको छ ।
हेल्थ डेस्कमा इएमएस भ्यान सहित ग्राण्डी अस्पतालका चिकित्सक र नर्स सहितको टोलीले मंगलबार बिहान ७ बजेदेखि मन्दिर परिसरको पश्चिम प्रवेशद्वारको दायाँतर्फ रहेको चुनचुन डवलीस्थित डेस्कमा रहेर सेवा प्रदान गर्नेछन् । ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले पशुपतिनाथ मन्दिर परिसरमा हरेक बर्ष महाशिवरात्री तथा हरितालिका तीजमा इमरजेन्सी हेल्थ डेस्क सञ्चालन गर्दै आएको छ ।