
काठमाडौं, १ फागुन– आजबाट अनलाइनमा आधारित रहेर मोबाइल आईएमईआई नम्बर दर्ता गर्न सकिने भएको छ ।
मोबाइल आईएमईआई दर्ता प्रक्रियालाई सहज बनाउने क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइनबाटै आईएमईआई नम्बर दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।
यसको शुरुवातसँगै मोबाइल आयातकर्ता व्यवसायी र व्यक्तिले सिधै अनलाइनमार्फत मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न सक्ने छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।