२१ जेठ २०८३, बिहीबार

गाजलु आँखा भएकी प्रिया एकाएक भइन् सामाजिक सञ्जालमा भाइरल

गाजलु आँखा भएकी प्रिया एकाएक भइन् सामाजिक सञ्जालमा भाइरल

काठमाडौं, १ फागुन — त्यसो त प्रेम गर्ने कुनै एउटा मिति हुँदैन । तर प्रेम गर्नेहरूले १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे एक पर्वका रूपमा मनाउँछन् । 

बुधवार मनाइँदै गरिएको यो पर्वअघि सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोले मानिसहरूलाई विद्यालय समयको प्रेमको याद दिलाउँछ । 

भिडियोमा एक स्कूले छात्र र छात्रा आँखाआँखैबाट एकअर्कासँग मनको कुरा गरिरहेका छन् । 

यो भिडियो एउटा गीतको सानो भाग हो । भिडियोमा देखिने युवती मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर हुन् । 
 

मानिसहरू प्रियाको तस्वीर फेसबूक, ट्विटर र ह्वाट्सएपमा शेयर गरिरहेका छन् । आफूहरू प्रियालाई देखेर पग्लिएको उनीहरू लेखिरहेका छन् । 

भिडियो मलयालम फिल्म ओरु अदार लभ नामक गीतको एक भाग हो । 

यो फिल्म स्कूलमा हुने प्रेमको कथा हो । फिल्म यसै वर्ष रिलिज हुँदैछ । यसका निर्देशक उमर लुलु हुन् अनि यसमा संगीत शान रहमानले दिएका हुन् । 

फिल्मका अधिकांश कलाकार नयाँ छन् । प्रियाको भिडियोको भाग मानिक्या मलराया पूवी गीतबाट लिइएको छ । भिडियोमा देखिएका अन्य कलाकार रोशन अब्दुल रहूफ हुन् ।

सामाजिक सञ्जालमा प्रियाको प्रशंसा भएको छ र उनले पनि इन्स्टाग्राममा भिडियो शेयर गरेर लेखिन्, ‘तपाईंको प्रेम र साथका लागि धन्यवाद ।’

प्रिया केरलनिवासी हुन् र अहिले ग्य्राजुएसनको पढाइ गरिरहेकी छन् । 

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्