२२ जेठ २०८३, शुक्रबार

यी हुन् एकता संयोजन समितिका एजेन्डा, प्रचण्डसँगको वार्ता पछि ओलीले गरे थप छलफल

फागुन २, २०७४
यी हुन् एकता संयोजन समितिका एजेन्डा, प्रचण्डसँगको वार्ता पछि ओलीले गरे थप छलफल

काठमाडौँ, २ फागुन- माओवादी र एमालेबीचको पार्टी एकताको अन्तिम टुंगो लगाउन दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक बुधबार बस्दै छ ।
 पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटीको आकार र स्वरूप, सैद्धान्तिक, वैचारिक कार्यदिशा, नयाँ सरकार गठनलगायतका विषय बैठकका एजेन्डा छन् । एमाले उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्षले एकताको खाकाको टुंगो लगाए पनि बैठकका एजेन्डा जानकारी नगराएको बताए, नयाँ पत्रिकामा खबर छ ।
 ‘वार्ताबाट एकताको मोडालिटी टुंगिएको जानकारी भए पनि एजेन्डाबारे कुनै जानकारी दिनुभएको छैन, सबै कुरा संयोजन समितिको निर्णयपछि बाहिर ल्याउने तयारी छ,’ गौतमले भने ।

प्रचण्डसँगको अन्तिम समझदारीपछि ओलीले मंगलबार बेलुकी एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवालीलगायतका केही निकटस्थ नेताहरूसँग सुझाब लिएका छन् । 
बैठकका एजेन्डालाई अन्तिम रूप दिन बुधबार बिहान पनि दुई अध्यक्षबीच छलफल हुने र दिउँसो एकता संयोजन समितिको बैठक बस्ने ज्ञवालीले जानकारी दिए । 
‘बिहान दुई अध्यक्षबीच एकपटक छलफल हुन्छ र दिउँसो एकता संयोजन समिति बैठक बसेर सबै कुरा टुंगिन्छ,’ उनले भने । स्रोतका अनुसार दिउँसो २ बजे संयोजन समितिको बैठक बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्