०१ असार २०८३, सोमबार

एमाले–माओवादी एकता सम्भवतः आज टुङ्गो लाग्ने

फागुन २, २०७४
एमाले–माओवादी एकता सम्भवतः आज टुङ्गो लाग्ने

काठमाडौँ, २  फागुन - नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) वीच प्रस्तावित एकताको विषय टुग्यांउने जिम्मेवारी एकता संयोजन समितिलाई दिइएको छ । दुई दलका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मङ्गलवार भएको भेटमा एकीकरणको विधि र प्रक्रियामा छलफल गरी त्यसको अन्तिम रुप दिने जिम्मेवारी एकता संयोजन समितिलाई दिइएको हो । 

दुई अध्यक्षबीच सोमवार पनि वार्ता भएको थियो । त्यहीअनुसार एकताका विषयमा मङ्गलवार छलफल टुङ्गयाउने सहमति भएको थियो । माओवादी अध्यक्ष प्रचण्डले पनि जनयुद्ध दिवसकै दिन एकता प्रक्रिया टुङ्गो लगाउने धारणा राखेका थिए  । तर एकताको मोडालिटी र सैद्धान्तिक पक्षमा दुई नेताबीचमा भएको छलफलमा सहमति नभएपछि थप गृहकार्यका लागि संयोजन समितिलाई जिम्मेवारी दिइएको हो । 
ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा लगभग आधा घण्टा दुई अध्यक्षबीच छलफल भएको थियो । एमालेका सचिव प्रदीप ज्ञवालीले सोमवार भएको छलफललाई कसरी अन्तिम रुप दिने भन्ने विषयमा दुई नेता बीच कुराकानी भएको जानकारी दिए  । 

दुई अध्यक्षबीच बुधबार तीन बजे संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय गरेको जानकारी उनले जानकारी दिए  । नेतृत्वको मोडालिटीको विषयमा जिज्ञासा राख्दा उनले  दुई जना अध्यक्षले संयुक्त रुपमा पार्टीको नेतृत्व गर्ने लगभग सहमति भएको र त्यसका प्राविधिक कुरा मिलाउन बाँकी रहेको जानकारी दिए  । 

पार्टी एकता संयोजन समितिमा ओली र प्रचण्डसहित एमालेबाट नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल रहेका छन्  भने माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा ‘बादल’ रहेका छन  ।

salt training

कमेन्ट गर्नुहोस्