
काठमाडौं, २ फागुन — भ्यालेन्टाइन्स सप्ताहमा सार्वजनिक भएको भिडियोका कारण एकाएक भाइरल भएकी मलयाली अभिनेत्री प्रिया प्रकाश वारियरको अर्को भिडियो पनि सार्वजनिक भएको छ । ताजा भिडियोमा उनी पहिलेभन्दा बढी सुन्दर देखिएकी थिइन् ।
प्रियाको नयाँ भिडियो उनको डेब्यु फिल्म ओरू अदार लभबाट लिइएको हो । भ्यालेन्टाइन्स डेभन्दा एक दिनअघि भिडियो रिलिज भएको हो ।
फिल्म यसै वर्षको मार्च ३ मा रिलिज हुँदैछ । फिल्मको गीत मनिक्या मलरया पूवी सार्वजनिक भएपछि टीजर पनि दर्शकहरूले खुबै रुचाएका छन् ।
यो फिल्म युवालक्षित छ ।
प्रियालाई अभिनयका साथसाथै गायनमा पनि रुचि छ । हालै उनको एक भिडियो सार्वजनिक भएको थियो जसमा उनी चन्ना मेरेया गीत गाउँदै गरेकी देखिन्छिन् ।
प्रिया मलयालम र अंग्रेजी बोल्छिन् ।
भाइरल भएको गीतमा प्रियाले आफ्ना हाउभाउ र मुस्कानले मानिसहरूको मन जितेर इन्टरनेट सेन्सेसन भएकी छन् ।
उनी अहिले १८ वर्षकी भइन् र केरलमा बस्छिन् । उनी थ्रिसूरको विमला कलेजमा बीकम पढिरहेकी छन् ।