
जनकपुरधाम २ फागुन–राष्ट्रिय जनता पार्टीका सांसद सरोज कुमार यादव प्रदेश नम्बर २ को प्रदेशसभाको सभामुख निर्विरोध निर्वाचित भएका छन् । अन्य दलको उम्मेदवारी नपरेपछि यादव निर्वारोध निर्वाचित भए ।
राजपा संसदीय दलका नेता जीतेन्द्र सोनलको प्रस्ताव र मुख्यमन्त्री लालबावु राउतको समर्थनमा यादव प्रदेश सभाको सभामुख निर्वाचित भएका हुन् ।
यादव बाराबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । निर्वाचित भएपछि उनले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाए । उपसभामुखका लागि फागुन ४ गते निर्वाचन गर्ने तयारी छ ।