१५ असार २०८३, सोमबार

धादिङमा २ जनाको मृत्यु

धादिङमा २ जनाको मृत्यु

मलेखु, ४ फागुन– धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १३ मा सडकका ग्याभिन जाली लगाउने क्रममा ढिस्काले पुरिएर आज एक मजदुरको मृत्यु भएको छ । 

सडक स्तरोन्नतिका लागि ग्याभिन जालीमा ढुङ्गा भर्दै गर्दा माथिबाट ढिस्को खसेर बर्दिया जिल्ला निवासी राजु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए । सोही घटनामा घाइते भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका निवासी रवीन्द्र तामाङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

यसैबीच उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ आँखु नदीमा आज एक वृद्धको शव फेला परेको छ । नदी किनारमा त्रिपुरासुन्दरी–७ निवासी ६२ वर्षीय कृष्णमान श्रेष्ठको शव पानीमा डुबेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राउतले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्