१७ असार २०८३, बुधबार

एमालेसँग प्याकेजमा सहमति गरेर मात्र सरकारमा जान्छौ : प्रचण्ड

एमालेसँग प्याकेजमा सहमति गरेर मात्र सरकारमा जान्छौ : प्रचण्ड

काठमाडौं, ४  फागुन - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताएका छन्  ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो शुरु भएको सरकार गठन प्रक्रियामा नेकपा (माओवादी केन्द्र) सरकारमा नगएको विषयमा प्रश्न उठेको टिप्पणी गर्दै  सरकार र पार्टी एकताको विषयमा प्याकेजमा सहमति गर्नेगरी छलफल शुरु भएको बताए  ।

“सरकार गठनको प्रक्रियामा सहभागी नभएको प्रश्न पनि उठेको छ ।” प्रचण्डले भने , “तर हामी पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि बिभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौं । अहिले सकारात्मक छलफल शुरु भएको छ ।”

पार्टी एकता प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताउदै  अध्यक्ष प्रचण्डले अधिकांश विषयमा सहमति भएको र केही विषयमा छलफल गर्न बाँकी रहेको बताए  ।

वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउदै  अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए  । 


 

कमेन्ट गर्नुहोस्