१३ असार २०८३, शनिबार

प्रेममा तगारो बनेन एचआईभी, सिन्दुर भरिदिएरै छाडे

फागुन ५, २०७४
प्रेममा तगारो बनेन एचआईभी, सिन्दुर भरिदिएरै छाडे

हेटौंडा, ५ फागुन-  युवती एचआईभी संक्रमित भएको कुरा उनलाई राम्रैसँग थाहा थियो । तर मायाका अघि ती सबै कुरा गौण भइदिए । मनको एकाकुनामा सजाएकी त्यही युवतीलाई विवाह गर्नु नै ठूलो कुरा भयो । उनले घरपरिवार र समाजको कुनै मतलब गरेनन् । कुनै एक दिन साइत हेरेर सिन्दुर भरिदिए ।

यो दुई दशकअघिको कुरा हो । त्यो बेला समाज अहिलेको जस्तो उदार भइसकेको थिएन । तैपनि उनले आँट गरे । त्यसैले पनि होला अहिले यो दम्पती उदाहरणीय भएको छ । उनीहरूको जीवन देखेर अरू एचआईभी संक्रमितलाई प्रेरणा मिलिरहेको छ ।
सन्तान नजन्माउने, सँगै बाँच्ने र सँगै मर्ने वाचा गरेका थिए, उनीहरूले । एचआईभी/एड्सको जीवाणु रगतमा बोकेर पनि लामो समयसम्म बाँच्न सकिन्छ भन्ने सन्देश पनिदिएका छन् ।
हेटौंडा उपमहानगरपालिका–३ बस्ने ३७ वर्षीया छक्कली लामा र ३८ वर्षीय शुक्र लामाको कथा हो यो । उनीहरूले २०५५ मा प्रेमविवाह गरे । एचआईभी संक्रमित युवतीसँग विवाह नगर्न ठूलो दबाब पर्‍यो, शुक्रमाथि । तर विगतमा दबाब दिने समाज नै अहिले उनीहरूको जीवनशैली देख्दा चकित पर्छ । ‘दम्पती भन्या त यस्तो हुनुपर्छ’ भनेर घर/घरमा उदाहरण दिन्छन् । हातमा सीप भएकाले शुक्र फर्निचर उद्योगमा काम गर्छन् । छक्कली हलुका काम मात्र गर्छिन् । कहिलेकाहीं छिमेकीलाई मेलापातमा सघाउँछिन् । खासमा उनी लुगा सिलाएर आम्दानी गर्छिन् । यहाँका विभिन्न संघसंस्थाले फर्निचर बनाउने औजार र सिलाइ मेसिन उपलब्ध गराएर सहयोग गर्दै आएका छन् ।
अरू सामान्य घरायसी विवाद भए पनि रोगको विषयलाई लिएर यो दम्पतीबीच अहिलेसम्म ठाकठुक परेको छैन, कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्