
काठमाडौं, ५ फागुन– सेन्चुरियनमा भएको छैटौँ अर्थात अन्तिम वान डे खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध ८ विकेटको सहज जित हात पारेको छ । दक्षिण अफ्रिकाले दिएको २०५ रनको विजयी लक्ष्य भारतले केबल दुई विकेट गुमाएर ३२ ओभर १ बलमै हासिल गर्यो ।
सेन्चुरियनमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले भारतलाई २०४ रनको लक्ष्या दिएको थियो । दक्षिण अफ्रिकाले ४६ ओभर ५ बलमा आफ्ना सबै विकेट गुमाउँदै २०४ रन मात्र जोड्न सफल रह्यो ।
भारतीय कप्तान विराट कोहली दक्षिण अफ्रिकी बलरलाई दवावमा राख्दै श्रृङ्खलामै तेस्रो शतक बनाए । इनिंग्समा विराट द्विपक्षीय श्रृङ्खलामा सबैभन्दा बढी रन बनाउने अष्ट्रेलियाका जर्ज बेली (४७८ रन) लाई पनि पछाडि छोडे ।
मध्यम स्तरको विजयी लक्ष्य भारतीय टिमले सहजै हासिल गर्दै ६ एक दिवसीय श्रृङ्खलामा ५–१ को जित हात पार्यो ।