
काठमाडौँ, ५ फागुन- प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी विषय टुंगो लगाउन शनिबार छलफल गर्दै छन्, नयाँ पत्रिकामा खबर छ ।
दुई नेताबीचको छलफलबाट एकताको बाँकी विषयमा मोटामोटी समझदारी जुट्ने र त्यसपछि पार्टी एकता संयोजन समिति बैठकबाट निर्णय गर्ने तयारी छ ।
एकताका विषयमा दुई पार्टीबीच ९५ प्रतिशत टुंगो लागिसकेको बताइए पनि सैद्धान्तिक–वैचारिक विषय र संगठनात्मक स्वरूपमा सहमति हुन बाँकी छ । यी दुवै विषयमा समझदारीसँगै एकता टुंगिएपछि सरकारमा सामेल हुने माओवादीले अडान राखेको छ ।