×

NMB BANK
NIC ASIA

मन्त्री बन्दा थममायाको अनुभव–शपथ लिनुभन्दा पाँच मिनेट अघि मात्र थाहा पाए

फागुन ५, २०७४

NTC
Premier Steels

काठमाडौं, ५ फागुन– बिहीबार राष्ट्रपति कार्यलयमा केपी शर्मा ओलीले देशको ४१ औं प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम थियो । 

Muktinath Bank

ओलीको शपथ समारोहमा भाग लिन  थुपै्र नेताहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । एमाले नेतृ एवं पूर्व समानुपातिक सांसद थममाया थापामगर पनि शपथ ग्रहण समारोहमा पुगेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति कार्यलयमा प्रधानमन्त्री ओलीको शपथ कार्यक्रम अघि मन्त्रीहरुको नाम भने सार्वजनिक भएको थिएन । केपी ओलीले मन्त्रिमण्डल विस्तार गर्ने हल्ला चलेपनि कसकलाई मन्त्री बनाउने भन्ने सार्वजनिक भएको थिएन । त्यति नै बेला थापाले आफूलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिन लागेको जानकारी पाइन् । 


Advertisment
Nabil box
Kumari

शपथ ग्रहण हुनुभन्दा पँच मिनेट आगाडि मात्र आफू मन्त्री बन्न लागेको जानकारी पाएको उनले बताइन् । 

Vianet communication

‘उतिखेरै मलाई मन्त्रीको जिम्मेवारी दिइने कुरा भयो र मन्त्री हुने पक्का भएको ५ मिनेटमै शपथ पनि खाए’ उनले लोकान्तरसँग भनिन्, ‘मैले पहिलो पटक सरकारको नेतृत्व तहमा पुग्ने मौका पाएको छु । मेरो लागि र महिला आन्दोलनको लागि पनि गौरवको विषय हो ।’

नवनियुक्त महिला,बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापामगरले आफूले परिणाममुखी कार्य गर्ने बताएकी छन् । देश संघिय प्रणालीमा गएपछि नयाँ सरकार गठन भएको भन्दै मन्त्री थापमगरले आफूले संविधानमा उल्लेखित विषयहरुलाई जनताको भावना,संविधानको मर्म अनुरुप नीति तथा कानुन बनाउने कार्य गर्ने बताएकी हुन् ।

उनले लोकान्तरसँगको कुराकानीमा भनिन्,‘ यो सरकार कम्तिमा पनि पाँच वर्षको हो । हामीले गरेका कार्यहरु परिणाममुखी बनाउन पर्ने हुन्छ । हिजोको सरकार अस्थिर भएकोले पनि कतिपय कानूनहरु कार्यन्वयन नभएको देखिन्छ । अब हामीले परिणामुखी काम गर्नेछौं ।’

आफ्नो संर्घषपूर्ण राजनितीक यात्राबाट संविधानमा महिलाको अधिकार लेखिएको भन्दै उनले त्यसलाई कार्यन्वयन गर्ने जिम्मेवारी आफैमा आएकोमा खुसी व्यक्त गरिन्  । मन्त्री थापामगरले आफूले संविधानमा भएका महिलाका हक अधिकारलाई कायन्वयन गराएर महिलाहरुलाई अधिकार प्राप्तीको अनुभूत गराउने प्रतिवद्धता समेत जनाईन् ।

‘मैले यसअघि गरेका कार्यहरुबाट महिलाहरुले केही राहत अनुभव गरेका छन् भन्ने कुरामा म विश्वस्त छु । तर अझै पनि पूर्ण रुपमा सन्तुष्ट हुन सकेकेको छैन । राजनीतिक रुपले आन्दोलन नै गर्नुपर्ने अवस्था त छैन तर नीति निर्माण बनाउने,समाजमा चेतना जगाउने कार्यहरु बाकी छन् ।’ उनले भनिन्, ‘आगामी दिनमा महिलाअधिकारको लािग परिणाममुखी कार्य गर्नेछु ।’

महिला बालबालिकाको क्षेत्रमा मा परिणाममुखी कार्य गर्न भने चुनौतीपूर्ण रहेको उनको ठम्याई छ । 

‘हाम्रो देशमा राजनितीक परिवर्तन त भएको छ तर सामाजिक परिवर्तन अझै भएको छैन । अहिले पनि हाम्रो समाजले महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने, महिलाहरु हिंसाको सिकार हुनुपर्ने, कुरिति र कुसंकारको कारण महिला पीडित हुनुपर्ने अवस्था छ ।’ उनले भनिन्,‘  महिलाहरुप्रतिको सामन्ति सोच अझै हटेको छैन । त्यसलाई परिवर्तन गर्न किनै समय लाग्छ, त्यसलाई अन्त्य गराउनु मेरो लागि प्रमुख चुनौतीको विषय छ ।’

महिलाहरु प्रतिको नकारात्कम सोचलाई परिवर्तन गराउन लागि पर्ने उनको भनाइ छ ।

ओली नेतृत्वमा गठित सरकारमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मा पाएकी पहिलो महिला मन्त्री थापामगरले अन्य मन्त्रालयमा पनि महिला मन्त्री आउन सक्ने बताईन् ।  उनले भनिन्,‘ अन्य मन्त्रालयमा मन्त्री बाँडफाडको कार्य बाकी नै छ अन्य मन्त्रालयमा पनि महिला मन्त्री आउँने सम्भावना छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x