०८ असार २०८३, सोमबार

भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता,  नौ वटा सम्झौता

फागुन ५, २०७४
भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता,  नौ वटा सम्झौता

नयाँदिल्ली, ५ फागुन - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति हसन रुहानीबीच शनिबार भेटवार्ता भएको छ । 

भारत भ्रमणमा रहनुभएका इरानी राष्ट्रपतिसँग मोदीले दुईपक्षीय हित र आपसी सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो । 

उहाँहरुबीचको वार्ता ऊर्जा, व्यापार र अन्य विभिन्न विषयमा केन्द्रित भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

चाबहारमा बन्दरगाह स्थापना गर्ने विषयलगायत भारत र इरानबीच नौ वटा सम्झौता भएका छन् । 

वार्ता र सम्झौतापछिको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भारत र इरानले एक अर्काबाट धेरै कुराहरु सिकेको बताउनुभएको थियो । 

रुहानीले भने दुई पक्षीय हितका लागि अहिलेको भेटवार्ताबाट ठूलो सफलता प्राप्त हुने आशा व्यक्त गर्नुभयो । 

“हामीले व्यापार, सीमा शुल्क, प्रवेशाज्ञा र विभिन्न आर्थिक र सांस्कृतिक सम्बन्धका बारेमा सकारात्मक छलफल गरेका छाँै”, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो । 

इरानी राष्ट्रपति रुहानी तीनदिने भ्रमणका लागि बिहीबार भारत आउनुभएको हो । 

salt training

कमेन्ट गर्नुहोस्