०६ असार २०८३, शनिबार

भारतीय ट्रकले नेपाली मारमा

फागुन ६, २०७४
भारतीय ट्रकले नेपाली मारमा

दाङ, ६ फागुन– भारतीय मालबाहक ट्रकका कारण नेपाली मालबहाक ट्रक समस्यामा परेको यातायात व्यवसायीले बताएका छन् । नेपालमा रहेका ६५ हजार ट्रक भारतीय ट्रकको प्रत्यक्ष मारमा परेको भन्दै ट्रक व्यवसायीले भारतीय ट्रकलाई नाकामै रोक्नु पर्ने बताएका छन् । 

राप्ती अञ्चल ट्रक यातायात व्यवसायी समितिको १४ औं वार्षिक साधारणसभामा सहभागी व्यवसायीले यस्तो बताएका हुन् । उनीहरुले तत्काल राज्यले नेपाल प्रवेश गर्ने भारतीय ट्रकलाई रोक्नुपर्ने र नेपाली ट्रकले नै सबै ढुवानी गर्न पाउनु पर्ने बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्