२१ असार २०८३, आइतबार

एकता संयोजन समितिको बैठक आज

एकता संयोजन समितिको बैठक आज

काठमाडौं, ६ फागुन– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको विषयमा टुङ्गो लगाउन एकता संयोजन समितिको बैठक आइतबार बस्ने भएको छ । 

शनिबार प्रधामन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्ताले एकता संयोजन समितिको बैठक बसाएर टुङ्गो लगाउने सहमति भएको छ । सोही अनुसार आज बैठक बस्न लागेको हो । 

दुई पार्टीबीचको एकता अन्तिम चरणमा पुगेको भनिए पनि बिहीबार प्रधानमन्त्री नियुक्ति र शपथमा नै समय गएका हुनाले प्रक्रिया अगाडि बढ्न सकेको थिएन । एकता प्रक्रिया टुङ्गो नलागेसम्म माओवादी केन्द्र सरकारमा सहभागी नहुने अडानमा छ । 

बिहीबार एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार निर्माण हुँदा माओवादी केन्द्रले आफ्नो प्रतिनिधि सरकारमा पठाएको छैन । पार्टी तथा सरकार नेतृत्वको विषयमा टुङ्गो लागे पनि साङ्गठनिक संरचना र एकीकृत पार्टीको सैद्धान्तिक पक्ष के हुने विषयमा टुङ्गो लागेको छैन ।

गत बुधबार बसेको एकता संयोजन समितिको बैठकले यी दुई विषय टुङ्गो लगाउनका लागि दुइटा छुट्टाछुट्टै कार्यदल बनाउने र बिहीबार नै सबै कुरा टुङ्गो लगाउने सहमति गरेको थियो । तर, प्रधानमन्त्रीको नियुक्ति र शपथग्रहण कार्यक्रममा नेताहरू व्यस्त भएका कारणले औपचारिक बैठक बस्न सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्